नृत्य निर्देशक गोविन्द राईले दोश्रो फिल्म निर्देशन गर्ने

नृत्य निर्देशक गोविन्द राईले दोश्रो फिल्म निर्देशन गर्ने

बुधबार भदौ २३ , २०७२

नृत्य निर्देशक गोविन्द राईले दोश्रो फिल्म निर्देशन गर्ने भएका छन् । नृत्य निर्देशक राईले निर्देशन गर्ने दोश्रो फिल्ममा उनले केही प्रतिशत लगानीमा समेत सहकार्य गरेका छन् । गोविन्दको निर्देशन एवं सह(निर्माण रहने फिल्मको संगीत रेकर्डिङ कार्य गरिएको छ । फिल्मको शिर्षक भने जुराउन बाँकी रहको गोविन्दले बताए ।राजधानी स्थित म्युजिसियन स्टुडियोमा सोमबार फिल्मका दुई गीतलाई रेकर्ड गराइयो । ‘झरना झरी’ बोलको गीतमा ज्ञान सुब्बा र कला चेम्जोङ, ‘कसै कसैलाई’ बोलको गीतमा बानिका प्रधानले स्वर दिए । गीतमा पोषराज दाहाल, सञ्जिवनीको शब्द रहेको छ भने साज सिंहको सोलो संगीत छ । गीतमा चाँद सिंहको एरेञ्ज छ । ुओम माने पद्य्मे हुँको व्यानरमा निर्माण हुन लागेको फिल्ममा करण तामाङ र हङकङ धरान १७ समाजको लगानी रहनेछ ।
फिल्मको छायांकन तिहार पछाडिबाट शुरु गर्ने निर्देशक राईको योजना छ । प्रेमकथामा आधारित फिल्ममा कमल राईको नृत्य गर्नेछन् भने अन्य प्राविधिक फाइनल भईसकेका छैनन् ।  गोविन्दले यसअघि ‘नागबेली’ नामक फिल्मको निर्देशन गरेका थिए ।