कुखुराको एउटा अण्डा ७१ हजार रुपैयाँमा


आइतबार चैत ८ , २०७१

agge 3कुखुराको एउटा अण्डालाई हाम्रोमा १५ रुपैयाँ जति पर्छ । के कुखुराको एउटा अण्डालाई ७१ हजार रुपैयाँ मूल्य परेको कुरा पत्याउनुहुन्छ ? यद्यपि पत्याउन गाह्रो पर्छ, तथापि यो यथार्थ हो ।सायद यो विश्वकै सबैभन्दा महंगो कुखुराको अण्डा हो । जाबो कुखुराको अण्डालाई समेत यति धेरै रकम हालेर किन्न मानिसहरुले मरिहत्ते गरे र अन्ततः एकजना मानिसले ७१ हजार रुपैयाँ अर्थात् ४ सय ८० ब्रिटिस पाउण्डमा यो अण्डा खरीद गर्न सफल भए । बेलायतमा एउटा कुखुराले पारेको अनौठो अण्डाले यतिविधि मूल्य पाएको हो । कुखुराको अण्डा नामैले अण्डाकार हुन्छ । तर किम ब्रगटन नामक किसानले पालेको कुखुराले भने पूरै गोलाकार अण्डा पार्यो । कुखुराको अण्डा पूरै गोलो हुनु कम अनौठो थिएन । त्यसैले मालिक ब्रगटनले त्यसलाई क्यास गर्ने सोँच बनाए ।उनले अनलाइन सपिङ साइट इबे मार्फत उक्त अण्डालाई लिलामीमा राखे । उक्त अण्डामाथि बोली लगाउन मानिसहरुबीच होडबाजी नै चल्यो । अन्ततः सबैभन्दा बढि बोली लगाउने एक व्यक्तिले ४ सय ८० पाउण्डमा उक्त अण्डा खरीद गरे