शनिबार बाजुरा केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ४ वटा घरमा क्षति

शनिबार बाजुरा केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ४ वटा घरमा क्षति

आइतबार पौष ५ , २०७२

शनिबार बिहान पश्चिम नेपालमा गएको ५.५ रिक्टर स्केलको भूकम्पबाट बाजुराका चार घरमा क्षति पुगेको छ । बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार भूकम्पबाट बाह्रबिसे र ठुलसैनका घरमा क्षति पुगेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनु भएको छ । शनिबार बिहान ४ बजेर २ मिनेट जाँदा बाजुराको जगन्नाथ गाविस आसपास केन्द्रबिन्दु भई भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिम, मध्यपश्चिम लगायतका अन्य जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।