उद्योग वाणिज्य संघ कञ्चनपुरको भोली हुन गईरहेको निर्वाचनको सम्पुर्ण तयारी पुरा

उद्योग वाणिज्य संघ कञ्चनपुरको भोली हुन गईरहेको निर्वाचनको सम्पुर्ण तयारी पुरा

आइतबार पौष ५ , २०७२

उद्योग वाणिज्य संघ कञ्चनपुरको १५औ कार्यकारीणी सभाका लागी भोली हुन गईरहेको निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत पुर्ण बहादुर चन्दले बताउनु भएको छ । २ हजार ६ सय मतदाता रहेको उद्योग वाण्ीज्य संघको १५औ कार्यकारीणी सभाको निर्वाचनमा १४ पदका लागी ३५ उम्मेद्धार प्रतिस्पर्धामा छन् । १ जना संस्थागत सदस्य पदका लागी भने निर्माण व्यवसायी संघका अध्यक्ष्य गजेन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित भईसकेका छन् । निर्वाचन भोली विहान ९ वजे देखी साँझ ५ वजे सम्म चल्ने र पर्सी देखी मतगणना थालीने मुख्य निर्वाचन अधिकृत चन्दले बताउनु भएको छ ।