महेन्द्रनगरमाको बसपार्कलाई आधुनिकीकरण गर्ने कार्य अलपत्र

महेन्द्रनगरमाको बसपार्कलाई आधुनिकीकरण गर्ने कार्य अलपत्र

आइतबार पौष ५ , २०७२

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बसपार्कलाई आधुनिकीकरण गर्ने कार्य अलपत्र परेको छ । भीमदत्तनगरपालिकाको स्वामित्वमा रहेको बसपार्कलाई आधुनिकीकरण गर्नका लागि गत भदौ महिनामा १४ करोडको बोलपत्र आह्वान गरिए पनि ठेकेदारको मूल्याङ्कन गरी विवरण नगर विकास कोषमा उपलब्ध गराउने कार्य नहुँदा कार्य अगाडि बढ्न नसकेको हो । नगरपालिका चार महिनादेखि कार्यकारी अधिकृत विहीन भएपछि ठेक्का प्रक्रियाको कार्य अगाडि बढ्न नसकेको नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत हरिसिंह धामीले बताउनुभयो । नगर विकास कोषले गत वर्ष नै बसपार्कलाई आधुनिकीकरण गर्नका लागि २० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराउन स्वीकृति प्रदान गरेको थियो । बसपार्क आधुनिकीकरण गर्नका लागि गुरुयोजना सहित लागत अनुमान र वातावरणीय अध्ययनको कार्य पूरा भई बोलपत्र आह्वान गरिएको अधिकृत धामीले बताउनुभयो ।