शुल्क अशुल्ने निजी शिक्षण संस्था र ट्युशन सेन्टरलाई जनकारवाही गर्ने चेतावनी

शुल्क अशुल्ने निजी शिक्षण संस्था र ट्युशन सेन्टरलाई जनकारवाही गर्ने चेतावनी

आइतबार पौष ५ , २०७२

विप्लव माओवादी सम्बद्ध अखिल क्रान्तिकारी जिल्ला समिति कञ्चनपुरले चर्को शुल्क अशुल्ने निजी शिक्षण संस्था र ट्युशन सेन्टरलाई जनकारवाही गर्ने चेतावनी दिएको छ । संगठनको चौथो पूर्ण बैठकले निजी शिक्षण संस्था र ट्युसन सेन्टरलाई चर्को शुल्क अशुली र शिक्षक कर्मचारीको शोषण नरोेकिए जनकारवाही गर्ने चेतावनी दिएको हो । संगठनले शुल्क अशुली र शोषण रोक्न शिक्षण संस्था र ट्युसन सेन्टरलाई सार्वजनिक आव्हान गरेको छ । क्रान्तिकारीले अवैधानिक रुपमा सञ्चालित संस्थालाई समेत जनकारवाही गरिने निर्णय गरेको छ । बैठकले शिक्षा क्षेत्रका विकृतिमा शिक्षा कार्यालयको संलग्न रहेको ठहर गरेको छ । शिक्षण संस्थामा गलत कार्य नरोकिए जन कारवाही हुने र त्यसको जिम्मेवारी स्वयम् संस्थाले हुनु पर्ने बैठकको निर्णय छ । निजी शिक्षण संस्थाका संगठनहरू प्याब्सन र एन प्याब्सनका संरक्षणमा धेरै निजी शिक्षण संस्थाहरू अवैधानिक रुपमा सञ्चालन गरिएका छन् ।