जंगली हात्तीले घर भत्कायो

जंगली हात्तीले घर भत्कायो

आइतबार पौष ५ , २०७२

बर्दियाको राजापुर नगरपालिका वडा नं १३ स्थीत कैलाली र बर्दियाको सिमा नजिकै सत्तार फारम श्रीलङ्का टापुमा हिजो राती आएको जंगली हात्तीको आक्रमणबाट ३ वटा घरमा क्षति पुगेको छ । तीस वटाको संख्यामा आएका जंगली हात्तीको आक्रमणबाट भोलाराम चौधरी, सतिराम चौधरी र बुद्धिराम चौधरीको घर पुर्ण रुपले क्षति भएको छ । हात्तीको एक झुण्डले आफ्नो घर भत्काउदै अन्य छिमेकीहरुको घर समेत भत्काउदै हात्तीहरु भारतको जंगल तिर गएको एक घर धनि बुद्धिराम चौधरीले जानकारी दिनु भएको छ । बिगत ३ बर्षहरुमा जस्तै गरि यस बर्ष पनि जंगली हात्तीले यस क्षेत्रमा घरहरु भत्काउने गरेको कुरा स्थानीय विष्णु रिजालले बताउनु भएको छ ।