धनगढी कैलाली जेसीजको ३३ औ शाखा अधिवेशनबाट अध्यक्षमा ओझा चयन

धनगढी कैलाली जेसीजको ३३ औ शाखा अधिवेशनबाट अध्यक्षमा ओझा चयन

आइतबार पौष ५ , २०७२

धनगढी कैलाली जेसीजको ३३ औ शाखा अधिवेशनबाट अध्यक्ष पदमा वर्ष २०१६ का लागी हेमराज ओझा निर्विरोध रुपमा चयन हुनुभएको छ । कार्यकारी उपाध्यक्ष र उपाध्यक्षहरुमा भने हिजो साँझ चुनाव भएको थियो । चुनावबाट कार्यकारी उपाध्यक्षमा टेकराज पनेरु निर्वाचीत हुनुभएको छ । उपाध्यक्षहरुमा कमल पनेरु, सुरज गिरी, मोहन ओझा र जीवन सिंह विजयी हुनुभएको छ । अध्यक्षमा निर्वाचीत भएपछि ओझाले प्रतिक्रिया दिदँै समग्र टिमको सल्लाह र सहमतीमा अघि बढ्ने बताउनुभयो ।