लगातार १२१ घण्टा फिल्म हेरेर गिनिज बुकमा नाम

लगातार १२१ घण्टा फिल्म हेरेर गिनिज बुकमा नाम

बुधबार पौष १ , २०७२

विश्वकिर्तिमान राख्नुका पनि अनेक शैली हुन्छन् । एकजना क्यानेडियन युवकले लगातार १२१ घण्टा फिल्म हेरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका छन् । सुरेश जोआचिम नामक यी युवाले लगातार १२१ घण्टा १८ मिनेटसम्म फिल्म हेरेका हुन् । यो सँगै उनले भारतका आशिष शर्माको किर्तिमान भंग गरेका छन् । आशिषले १२० घण्टा २३ मिनेट सम्म लगातार फिल्म हेरेर किर्तिमान राखेका थिए र त्यसक्रममा उनले ४८ वटा फिल्म हेरेका थिए । सुरेशले टेलिभिजनमा हेरेका सबै फिल्म टेल्कम बल्टस्पीड फाइबरबाट प्रशारण भएका थिए । दक्षिण अफ्रिकाको टेल्कम कम्पनीले आयोजना गरेको टेल्कम अनलिमिटेड मूभी म्याराथन जोहानेसबर्गमा भएको थियो । यो कार्यक्रमबाट उठेको रकम परोपकारी संस्था लाइफलाइनलाई प्रदान गरिएको छ ।