आज पुनर्निर्माण विधेयक पास गर्ने तयारी

आज पुनर्निर्माण विधेयक पास गर्ने तयारी

बुधबार पौष १ , २०७२

 व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । अपराहृन ४ बजे बोलाइएको आजको बैठकमा मधेसी मोर्चाको नाराबाजीका बीच नै पुनर्निर्माण विधेयक पास गर्ने तयारी छ । यद्यपि पुनर्निर्माण विधेयक मात्र आए मधेसी मोर्चाले पनि अवरोध नगर्न सक्छ । मध्याहृन १२ बजे बैठक बसेर के गर्ने भन्ने निर्णय लिने सद्भावनाका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले बताए । संसद सचिवालय स्रोतका अनुसार चार बजेको संसद बैठक अघि सभामुख ओनसरी घर्तीले प्रमुख सचेतकहरुसँग परामर्श गर्दैछिन् । यो छलफलका आधारमा बैठकको कार्यसूची बन्नेछ । नाराबाजी भए वा नभए पनि बुधबारको संसद बैठकबाट पुनर्निर्माण विधेयक पास गर्ने प्रमुख दलहरुको तयारी छ ।