आतंकवाद विरुद्ध लड्न साउदी नेतृत्वमा नयाँ सैन्य गठबन्धन घोषणा

आतंकवाद विरुद्ध लड्न साउदी नेतृत्वमा नयाँ सैन्य गठबन्धन घोषणा

मंगलबार मङ्सिर २९ , २०७२

आतंकवादबिरुद्धको लडाईमा साउदी अरबको नेतृत्वमा ३४ इस्लामिक मुलुकहरुले नयाँ सैन्य गठबन्धनको घोषणा गरेका छन् । सो गठबन्धनको केन्द्रीय कार्यालय साउदी अरबको राजधानी रियादमा रहने त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । एशिया, अफ्रिका र अरबी मुलुकहरु सो गठबन्धनमा सहभागी भएका छन् । इरान, अफगानिस्तान, इराक र सीरिया भने सहभागी नभएको बीबीसीले उल्लेख गरेको छ । इन्डोनेसिया लगायत अन्य १० मुस्लिम राष्ट्रहरुले गठबन्धनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको साउदीका रक्षामन्त्री मोहम्मद बिन सलमानले बताउनुभयो । इस्लामिक स्टेट आईएसविरुद्धको लडाईमा खाडी मुलुकहरुले थप योगदान पुर्‍याउनुपर्ने अन्तर्रा्ष्ट्रिय दबाब बढ्दै जादा नयाँ सैन्य गठबन्धनको घोषणा भएको हो । साउदीका रक्षामन्त्री सलमानले नयाँ गठबन्धनले सिरिया, इराक, लिबिया, इजिप्ट र अफगानिस्तानका अतिवादीबिरुद्धको लडाइमा समन्वय गर्ने बताउनुभयो ।