चिम्नी ढल्दा ज्यान गुमाउनेको संख्या ८ पुग्यो

चिम्नी ढल्दा ज्यान गुमाउनेको संख्या ८ पुग्यो

मंगलबार मङ्सिर २९ , २०७२

सुनसरी इटहरीमा इट्टाभट्टाको चिम्नी ढल्दा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । १९ जना घाइते भएका छन् । हिजो बेलुकी इटहरीको एकम्बामा चिम्नी ढल्दा दुई नेपालीसहित ६ भारतीय नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरी उपमहानगरपालिका–१६ मा रहेको जय नेपाल इट्टाभट्टाको चिम्नी ढल्दा इटहरी उपमहानगरपालिका–१६ का भगलीदेवी चौधरी र उपमहानगरपालिका–२० का शिव नारायण चौधरीको ज्यान गएको हो । यस्तै भारतका राउल मिया, सलुल मिया, गरिवलाल पासवान, मिथिलेस पासवास, सद्याम हुसेन र मुस्तादा मियाको ज्यान गएको प्रहरीले जनाएको छ ।  घाइते १९ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरानमा उपचार भइरहेको छ ।