हतियार पुरानो भोः नेपाली सेना

हतियार पुरानो भोः नेपाली सेना

मंगलबार मङ्सिर २९ , २०७२

नेपाली सेनाले आफूसँग भएका ४५ प्रतिशत हतियार धेरै पुराना भएको बताएको छ । साथै उसले पुराना हतियारलाई विस्थापन गर्नका लागि बजेट माग गरेको छ ।
राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सेनासँग भएका पुराना हतियारहरु विस्थापन नगरी नहुने अवस्थामा पुगेको बताए ।
पुराना हतियार विस्थापन गर्न आफूसँग बजेट नरहेको भन्दै सेनाले बजेटको पहल गरिदिन राज्य व्यवस्था समितिसँग आग्रह गरेको छ । प्रधानसेनापति क्षेत्रीका पुराना हतियारलाई नयाँ हतियारले विस्थापन गर्न ८ अर्ब ६६ करोड रुपैयाँ लाग्नेछ ।
क्षेत्रीले भनेका छन् कि नेपाली सेनासँग गोली गठ्ठाको मौज्दात पनि निकै न्युन छ र तालिम नै प्रभावित हुने अवस्था आएको छ । पुराना हतियार विस्थापन गर्न र गोली गठ्ठा खरिदका लागि एक अर्ब रुपैयाँ आवश्यक पर्ने सेनाले जनएको छ ।
प्रधानसेनापति क्षेत्रीले बजेटको अभावमा सैनिकहरुको क्षमता अभिवृद्धिको काम प्रभावित भएको संसदीय समिति समक्ष गुनासो गरेका छन् ।
उनका अनुसार नेपाली सेनामा ९५ हजार सैनिकको दरबन्दी छ । जसमध्ये ५८ दशमलव ४५ प्रतिशत ब्राम्हण क्षेत्री, २७ दशमलव ९० आदिवासी जनजाति, ६ दशमलव ९९ प्रतिशत मधेसी र ६ दशमलव ६० प्रतिशत दलित रहेको क्षेत्रीले जानकारी दिए ।