तानाशाही व्यवस्था लाद्ने प्रयास भयो -मधेशी मोर्चा


मंगलबार मङ्सिर २९ , २०७२

मधेशवादी दलहरूले एकजना सांसद् उभिंदा समेत संसद् अवरुद्ध हुने संसदीय व्यवस्था विपरित आफूहरूको अवरोधका बीच संविधान संशोधन विधेयक संसद् मा  पेश गरिनुलाई तानाशाही  व्यवस्था लाद्ने प्रयास भनी टिप्पणी गरेका छन्।नाराबाजी लगाउँदै संसद्को बैठक कक्षबाट वाहिरिएका मधेशवादी दलका नेताहरूले आफूहरूको अवरोधका वाबजुद् विधेयक पेश गरिएको घटनालाई गम्भिर रुपमा लिएको भन्दै अब सरकारसँग वार्तामा बस्ने/नबस्ने बारेमा मोर्चाको बैठक बोलाएर निर्णय लिने बताएका छन्।

 
सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले सभामुख ओनसरी घर्तीले अवरोधका बीच विधेयक पेश गर्न दिएर लोकतान्त्रिक प्रक्रियाको खिल्ली उडाएको भन्दै मंगलबारको घटनालाई आफूहरूले तानाशाही व्यवस्था लाद्ने षड्यन्त्रको रुपमा लिएको बताए। उनले लोकतान्त्रिक  पार्टी काँग्रेसले समेत लोकतान्त्रिक प्रक्रियाको खिल्ली उडाउने काममा साथ दिएकामा आफुहरूलाई आश्चर्य लागेको भन्दै मोर्चाले यस विषयमा गम्भिर छलफल गरेर भावी रणनीति तय गर्ने बताए।
सद्भावनाका सह अध्यक्ष कर्णले मोर्चाले संसद्को बैठकमा उपस्थित हुने/नहुने बारेमा पनि निर्णय गर्ने बताए।