घरेलु टोलीको विजयी सुरुवात

घरेलु टोलीको विजयी सुरुवात

आइतबार असोज १० , २०७२

महेन्द्रनगरमा आइतबारदेखि सुरु भएको एक दिवसिय क्षेत्रीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली कञ्चनपुरले विजयी सुरुवात गरेको छ ।
जिल्ला खेलकुद विकास समिति कञ्चनपुरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा कञ्चनपुरले डोटीमाथि पाँच विकेटको जित हात पारेको छ । निर्धारित ४० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको डोटीले तीन बल अघि सबै विकेट गुमाएर एक सय ३२ रन मात्र जोडन सक्यो । उसका लागि मध्यक्रमपछि मैदानमा उत्रिएका यम कार्कीले ४८ बलको सामना गर्दै सर्वाधिक ४५ रनको पाली खेले । टीमका लागि रोशन अधिकारीले २५ रनको योगदान दिएपनि अन्य खेलाडी कञ्चनपुरको कसिलो बलिङ्ग सामु टिक्न सकेनन् ।
कञ्चनपुरका धन बहादुर चन्दले कसिलो बलिङ्ग गर्दै आठ ओभरमा १८ रन खर्चेर चार विकेट लिए । त्यस्तै दिनेश आग्रीले आठ ओभरमा १४ रन खर्चेर दुई मेडन ओभर राख्दै दुई विकेट हात पारे । कृष्ण तिवारीले पनि छ ओभरमा २१ रन दिएर दुई विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोलीले दुई विकेट चाँडै गुमाए पनि अलराउण्डर दिनेश आग्रीको उत्तृmष्ट ब्याटिङले छ ओभर अघि डोटीलाई निरास पा¥यो । दिनेशले ३१ बलमा ३४ रनको आक्रामक पाली खेले । त्यस्तै संजिव जोरा र भीम सार्कीले संयमित पाली खेल्दै क्रमश ः ३२ र २९ रनको महत्वपुर्ण योगदान दिए । संजीवले ३८ र भीमले ५७ बलको सामना गरेका थिए ।
डोटीका लागि भुवन थापाले सात ओभरमा ३५ रन खर्चेर दुई विकेट लिए । त्यस्तै भुवन केसी र महेश अधिकारीले एक÷एक विकेट लिएका थिए । कञ्चनपुरका एक खेलाडी रन आउट भएका थिए ।
खेलको म्यान अफ दि म्याच कञ्चनपुरका दिनेश घोषित भए । तीन टीमको सहभागिता रहेको प्रतियोगिता अन्तरगत सोमबार डोटीले कैलालीको सामना गर्नेछ । प्रतियोगितामा क्षेत्र नम्बर ९ को अछामले सहभागिता जनाएको छैन् ।