दुर्गम बस्तीमा युवतीहरुको फुटबल

दुर्गम बस्तीमा युवतीहरुको फुटबल

बिहिबार असोज ७ , २०७२

 कञ्चनपुरको दोधारा चा“दनी नगरपालिकाको एक दुर्गम गा“उका बस्तीमा युवतीहरु बिगत ४ महिना देखि फुटबल खेल्दै गरेका छन् । बिहान ५ बजे देखि ७ बजे सम्म दोधारा चा“दनी नगरपालिका वडा नं. १०, दुर्गम गा“उ भनिने कुतियाकबर गा“उको वारी तिर महाकाली र जगबुडा नदीको दोभान नजिक एक बालुवाले भरिएको टापुमा बिगत ४ महिना देखि उनिहरु फुटबल खेल्दै आएका छन् । न, उनिहरु संग प्रशिक्षक नै छ, न, राम्रो फुटबल नै छ् । उनिहरु बिहान २ घण्टा मात्रै फुटबल खेल्दैनन् । सा“झ ५ देखि ६ बजे सम्म आफ्नो काम सकेर उक्त टापुमा फुटबल खेल्न जम्मा भईहाल्छन् । ति युवतीहरुको दैनिकी यसरी बित्दै गएको छ् । बिहान र बेलुकी फुटबल खेल्न कुतियाकबरको बालुवा टापु पुग्छन् भने अन्य समयमा पठन पाठन र घरायसी काममा दिन बिताउछ् । दोधारा चा“दनीमा संचालन गरिदै आएको फुटबल र टेलिभिजनमा हेर्दै आएको फुटबल खेल उनिहरुको प्रेणाको श्रोत बन्दै आएको उनिहरुको भनाई रहेको छ् । टेलिभिजनमा महिलाहरुले खेल खेलेर नाउ कमाएको हेर्न पाउदा आफुहरु पनि त्यस्तै नाम र दाम कमाउने ईच्छा बन्दै आएको बताएका छन् । ति युवती मध्य कतिपय बिद्यार्थी छन् भने कतिपय बिद्यालय छाडेर घर बसेका युवती पनि छन् । उनिहरु भन्छन्– “गा“उ भएको कारण हरेक सुबिधाबाट आफुहरु बन्चित बन्दै आएका छौ” एक युवती निर्मला नेपाली अनुसार सम्बन्धित निकायले आफुहरुलाई तालिम लगाएतका सुबिधा दिए, खेलमा केहीे गरेर देखाउने ईच्छा रहेको बताए । “हामीहरु मोजाबाट बनाएको बल खेल्दै आएका छौं, फुटबल खेल्न निकै मोह भएको साथीहरु जम्मा भएर ४ महिना देखि बालुवा टापुमा फुटबल खेल सिक्दै आएका हौ” उनका अनुसार दैनिक बिहान बेलुका खेल्दै आएको फुटबलम जुत्ता नभएकाले फुटबल खेल्दा बेलाबखत चोट पटक लाग्दै आएको बताउछन् । दोधारा चा“दनीमा पुरुष फुटबल प्रतियोगिता बर्षै पिच्छे हुदै आएपनि महिला फुटबल भने भएको छैन् । सारोकारवालाले महिला तथा महिला संग सम्बन्धित कुनै पनि खेलको प्रतियोगिता नगरिदिदा महिला खेल प्रेमीमा निरासा आएको छ् । “एक्कासौं सताब्दी जा“दा समेत साच्चै हाम्रो बस्ती पुरुष प्रधान बस्ती बनेको अवस्था रहेछ्” अर्का एक युवती हिरा भण्डारीले भने । सरकारले दोधारा चा“दनीका महिलालाई खेलमा अवसर नदिएर पुर्णरुपमा पक्षपात गर्दै आएको उनको आरोप रहेको छ् ।