राष्ट्रिय फुटबल लिगमा सुदूरपश्चिमाञ्चल फुटबल क्लबको प्रदर्शनमा सुधार

राष्ट्रिय फुटबल लिगमा सुदूरपश्चिमाञ्चल फुटबल क्लबको प्रदर्शनमा सुधार

बुधबार असोज ६ , २०७२

राष्ट्रिय फुटबल लिगमा सुदूरपश्चिमाञ्चल फुटबल क्लबको प्रदर्शनमा सुधार आउन थालेको छ । सुरुवातका खेलहरुमा तालमेल मिल्न नसकेकोले लय भेटाउन नसकेको सुदूर विष्कुट सुदूरपश्चिमञ्चल फुटबल क्लब पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको हो । बलिया र अनुभवी खेलाडीहरुले भरिएका क्लवहरुलाई पनि कडा टक्कर दिन थालेको छ । घरेलु मैदान धनगढी रंगशालाभन्दा मध्यम प्रदर्शन गरेको सुदूरपश्चिमको एक्लो टोलीले पछिल्ला खेलहरुमा प्रदर्शन सुधार गर्दै गएको हो ।
खेलाडीहरुमा थपिएको उर्जा र मिलेको तालमेलका कारण टोलीले बलियो दाबेदारी प्रस्तुत गर्न थालेको छ । अंक तालिकाको छैटौ स्थानमा रहको टोली प्रदर्शनमा सुधार आएसँगै अंक तालिकाको चौथौ स्थानमा उक्लिएको छ । भूकम्पका कारण सरेको राष्ट्रिय लिग पुनः सुरु भएपछि खेलेका तीन वटा खेलमा टोलीले अपराजित यात्रा कायम गरेको छ । दुईमा स्पष्ट जीतमा एकमा बराबरी गर्दै टोलीले बलिया टीमहरुलाई कडा चुनौती प्रस्तुत गर्न सफल भएको छ ।
अंक तालिकाको शिर्ष स्थानमा रहेको झापा ११ सँग बराबरी खेल्दै अंक बाड्दा मोरङ फुटबल क्लब र लुम्बीनी फुटबल क्लबलाई फराकिलो अन्तरले हराएको थियो । सुधारीएको प्रर्दशनले लिगमा अगाडी बढ्न मदत्त मिल्ने टोली व्यवस्थापक यज्ञ श्रेष्ठले बताउनुभयो । यु १६ र १९ का राष्ट्रिय खेलाडीहरुको टोलीमा यु १९ का राष्टिय कप्तान विमल घर्तीमगर पनि आएपछि युवा खेलाडीहरुमा उर्जा थपिएको हो । बाँकी रहेका लिगका खेलहरु बलिया क्लबहरुसँग भएपछि उनीहरुलाई कडा चुनौती दिदै नतिजा आफ्नो पक्षमा पार्ने टोलीका प्रशिक्षक किरण श्रेष्ठले बताउनुभयो ।