करिव साढे ६ दशकपछि क्युवा द्धारा अमेरिकाका लागि राजदुत नियुक्त

करिव साढे ६ दशकपछि क्युवा द्धारा अमेरिकाका लागि राजदुत नियुक्त

बिहिबार भदौ ३१ , २०७२

 एजेन्सी
करिव साढे ६ दशकपछि क्युवाले अमेरिकाका लागि राजदुत नियुक्त गरेको छ । दुई पक्षीय सम्बन्ध सुधारका क्रममा सन् १९६१ यता क्युवाले पहिलो पटक अमेरिकाका लागि राजदुत नियुक्त गरेको हो । क्युवाले सन् २०१२ यता अमेरिकामा आफ्नो मुलुकको पक्षमा कुटनीति गर्दै आएका वरिष्ठ कुटनीतिज्ञ जोस कबानसलाई राजदुत नियुक्त गरेको बीबीसीले जनाएको छ । क्युवाले राष्ट्रपति राहुल क्यास्ट्रो संयुक्त राष्ट्रसंघीय महासभामा सहभागि हुन न्युयोर्क जानु एक दिन अघि आफ्नोतर्फबाट राजदुत नियुक्तीको घोषणा गरेको हो । अमेरिकाले भने क्युवाका लागि नयाँ राजदुतमा कसलाई नियुक्त गर्ने भन्ने निश्चित गरिसकेको छैन् ।