को हुन् मोतीराम भट्ट ?

को हुन् मोतीराम भट्ट ?

शनिबार भदौ २६ , २०७२

 महाकवि भानुभक्त आचार्य पछि नेपाली साहित्याकाशमा आउने सशक्त व्यक्तित्व हुन् मोतीराम भट्ट । उनको जन्म १९२३ साल कुशेऔसीका दिन भदौ २५ गते,शनिबार काठमाडौँको भोसिको टोलमा भएको थियो भन्ने इतिहास पाइन्छ उनि पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टका माइला सुपुत्रका रूपमा जन्मिन पुगे र उनले ५ वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए अनि ६ वर्षको हुदाँ आफ्ना माता र पिता संग काशीमै बसो बास गर्दै जादा मिलनसार उनको स्वभाव,मिठो मधुर बोलि भएका मोतीराम भट्ट जो सुकै संग पनि पनि खुलस्त भएर घुलमिल हुन्थे ।

उनी साथीभाइ भनेपछि ज्यानै दिलाउला झैँ गरि मरिमेट्थे । त्यसै अध्ययनको क्रममा दरबार हाई स्कूलमा उनका सहपाठी चन्द्रशमशेर ज.ब.रा. तथा देवशमशेर ज.ब.रा. भए । देशको विकासका लागि मोतीराम भट्ट अति नै चिन्तित हुन्थे । त्यो बेला मोतीराम भट्टको देशप्रतिको चाहना र विचारहरु देशको प्रत्येक क्षेत्रमा राष्ट्रियता झल्किएको हेर्न चाहन्थे र उनि भन्दथे जब हरेक नेपालीमा राष्ट्रीयता झल्कन्छ तब मात्र देशोन्नति तिर लम्कन्छ भन्ने उनको विशाल धारणा थियो भने स्वदेशी खानु, स्वदेशी लाउनु, स्वदेशी व्यवहार गर्नु , स्वदेशी बोल्नु तथा स्वदेशी कै आखाले हेर्नु पर्दछ भन्ने देशका सबै नागरिकको आखामा हेर्ने सपना देख्तथे । वास्तवमा उनी एउटा होनहार, ओजस्वी र तपस्वी महान व्यक्तित्व थिए भने नेपाली हुनुमा र आफ्नो नेपाली भाषा, नेपाली साहित्य र नेपाली कलाप्रति गर्वले शिर उच्च पार्दथे ।

साच्चै भन्नु पर्दा मोतीराम भट्टको लागि नेपाली माटो नै विश्वसाहित्य थियो। जीवनमा थोरै बाँचेर देश र नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा थिए भन्न पछी नपरौला। साँच्चै भन्नु पर्दा उनी नेपालका एउटा कर्म वीर सपूत मात्र नभई उनको मिहिनेत, जा“गर र आराधनाका कारणले उनले एउटा युग नै स्थापित गरे जसलाई " मोतीराम युग " ले पुकारिन्छ संवत् १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यको एउटा बेग्लै युग कायम गर्ने पौरखी पुरुष नै एक हुन् मोतीराम भट्ट । त्यति मात्र हैन मोतीराम त्यस युगका बौद्धिक नायक थिएभने साहित्यिक सङ्ठनात्मकका नेता पनि थिए र सांस्कृतिक कर्मठ योद्धाको रुपमा उभिएका थिए ।

नेपाली वाङ्मयको उत्थानका लागि उनले खेलेको भूमिकाले उनी नेपाली भाषा, साहित्य र संस्कृतिका अक्षरअक्षर, शब्दशब्द र भाकाभाका रहेसम्म बाँचिरहनेछन् हामी सबै नेपालीको आखाको ज्योति बनेर ,! फरासिला मोतीराम भट्ट बनारस बसेका बेला सुरिलो पाराले राम्रा सबैको मन लोभ्याउने गजल गाएका मात्र कहाँ हुन् र उनले त त्यसै बेला सितारवादन पनि जानेकाले मीठो स्वरलहरीले जुन सुकै बेला पनि मधुर गीत गुन्गुनाइरहन्थे रे । बनारसका प्रसिद्ध सितारवादक "पन्नालाल"बाट सितार बजाउन र गीत गाउन सिकेका थिए अरे । करिब आठ वर्ष बनारस बसेर मोतीराम भट्ट १९३७ सालमा पुनः काठमाडौँ आए अनि त्यही सालमा यिनको १५ वर्षको उमेरमा बिहे भयो ! ,

दैवको विडम्बना,
 " ल्यौ ल्यौ औँठी म दिन्छु ,
 राख तिमीले मेरो निशाना भनी" । यो उनको साच्चै कै अन्तिम निशान हुन् गयो त्यही शीर्षकबाट मोतीराम लगायत यिनीहरूले औपचारिक रूपमा पहिलोपल्ट समस्यापूर्ति कविता रचना गरेका थिए । मोतीराम भट्टको यो समस्यापूर्ति कवितालाई सङ्ग्रह गरेर समस्याशतक भन्ने ग्रन्थनिर्माण गर्ने धोको भएको हुदा उनले निर्माण गर्न थालेको समस्याशतक भन्ने ग्रन्थका लागि पाँच जना कविहरू मिलेर लेख्ता पनि जम्मा चौबीस श्लोक मात्र तयार हुने क्रममा सङ्ग्रह भने निस्कन सकेन । समस्यापूर्ति कविताहरूको अभ्यासमा भट्टलाई महत्त्वपूर्ण रूपमा सघाउने अन्य उनका साहित्य मित्रहरु राजीवलोचन जोशी, डोलेश्वर, कालीप्रसाद, देवराज थिए साथै यिनले दरबार हाई स्कूलमा अध्ययन गरी १९४८ सालमा कलकत्ताबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे ।

१९५० सालमा यी कलकत्तामा एए.आईए परीक्षामा सम्मिलित भए तर त्यस परीक्षामा उनी अनुत्तीर्ण भए देखि मन खिन्न भावना बोकेर उनी १९५२ सालमा पुनः कलकत्ता गएका उनी अस्वस्थ भएकाले त्यो बेला त्यहीँ थला परे । केही समयपछि अशक्त शरीर लिएर काठमाडौ फर्किए र सात महिना ओछयानमा कठिन रोगसंग संघर्ष गर्दा पनि उनि स्वास्थ भएर रंगिन जीवनमा फेर्कन सकेनन् र कुशी औशीमा जन्मिएका भट्ट सोहि कुशी औशिमा दिन एकतीस वर्ष लागेकै दिन १९५३ सालमा उनले यो मृत्युलाई अंगाल्न बाध्य भइ उनको काठमाडौ पशुपति आर्य घाटमा देहावसान भयो ।