नेताहरुको घातक चरित्र !

नेताहरुको घातक चरित्र !

आइतबार भदौ २७ , २०७२

सिसाको घरमा बस्नेले अर्को घरको सिसाको झ्यालमा ढुंगा हान्ने कार्य महँगो हुनेछ ।

सुदूरपश्चिमको ‘रौ पनि दिन्न, एक इन्च पनि छोडदैन’ भनि प्रचार गरिएका नेताहरु सुदूर पश्चिम (सूप) टुक्र्याउन तयार हुदै छन् भन्ने पनि आइरहेको छ । नेपाल राष्ट्रको भूअवस्थितिलाई सधै उपयोग वा दुरुपयोग गर्न चाहने शक्तिहरुको इशारामा  सु. प.  लगायत  प्रस्तावित  प्रान्तीय सिमांकनमा हेरफेर गरि आत्मसमर्पण हुने खतरा मडराई रहेको संकेत आदैछन । त्यसैले नेपाली जनताले उच्च देशभक्तिपूर्ण खबरदारी गर्नुपर्ने भएको छ । सिसाको घरमा बस्नेले अर्को घरको सिसाको झ्यालमा ढुंगा हान्ने कार्य महँगो हुनेछ । हाम्रा छिमेकीहरुसहित संसारका सबै देशहरुमा जातीय मात्र हैन धार्मिक विविधता, सांस्कृतिक विविधता, आर्थिक र जीवनस्तरको विविधता छ । यो कसैबाट लुकेको विषय हैन । त्यो विविधतालाई बिखन्डन र विध्वंसको आधार बनाउन अरु कसैले मलजल गर्न हुन्छ हुँदैन ।

एमाओवादी र विजय गच्छदारको फोरम लोकतान्त्रिक १६ बुँदे सहमति र ८ प्रदेशको संरचनामा सहमत भइ संविधानको अधुरो मस्यौदा जनताको सुझावको लागि पेश भयो । जनताको सुझावलाई ध्यानमा राखी प्रान्त र प्रदेशहरुको संख्या ६ वटा बनाउनेमा पनि यिनीहरुले सहमति गरे । त्यति बेलापनि कैलाली, कंचनपुर प्रदेश नंं ६ मा नै थियो । हाल संविधानको विधेयक अन्तिम मतदानको प्रक्रियामा छ । यसबीचमा कैलालीदेखि महोत्तरी, धनुषासम्मका हिंसात्मक क्रियाकलाप हेर्दा माओवादी भित्रको विगत र दवित हिंसाभाव जागेर आए जस्तो छ । एमाओवादीको शीर्ष नेतृत्वकै सहमतिमा सो दलका सांसद र केन्द्रीय सदस्यहरु आन्दोलनमा सहभागी भएका छन । केहि पहिलेको ८ प्रदेशको सहमति त्यसपछि ६ प्रदेशको घोषणा र हालको ७ प्रदेशको घोषणा हुँदा धेरै दिनसम्म पनि आन्दोलन उठ्न सकेको थिएन । अर्को शब्दमा जनताले चाडो संविधान प्राप्त गर्न प्रादेशिक संरचनालाई खास मुद्दा बनाएका थिएनन् । कैलाली टिकापुर घटनाका योजनाकारहरुको सफल प्रयोग देशका अन्य भागमा पनि क्रमशः गरिदै छ । यो हिंसात्मक क्रियाकलापका पछाडि विरोधमा रहेका दल र समूह मात्र हैन एमाओवादी र गच्छदारसमूह मिसिदै जानुले संविधान नबनाउने र संविधान सभालाई असफल पार्ने श्रृंखलाको निरन्तरता बनेको छ । आफ्ना सांसदहरुलाई संविधानसभामा ह्विप नलाग्ने र कांग्रेसका समेत केहि नेता एवं सांसदहरुको क्रियाकलाप रहस्यपूर्ण छ ।

आफ्नो दल मात्र हैन सिंगो संविधान सभाका सदस्यहरुलाई बन्धक बनाएर ३–४ दलका ४–६ नेताले निर्णय गर्दै आउने तर एकाएक सांसदहरुको स्वतन्त्रता र अधिकारको महान लोकतान्त्रिकरणको ब्याख्या सड्यन्त्र बाहेक केहि हैन । यसअघि कहिले पनि संविधान सभाका सदस्यहरुको योग्यता र क्षमतालाई उजागर हुन दिइएन । मस्यौदालाई भद्दा र अधुरो अवस्थामा लग्न सांसदहरुको कुनै भूमिका थिएन तर अब अन्तिम घडीमा सांसदहरुलाई तराई, पहाड, जाति, जनजति, महिला, दलित आदिको अधिकार लिनु पर्दछ भनि गोहीका आशु झार्ने अभिनयलाई जनताले नांगेझार पार्नुपर्दछ । संविधान घोषणा गरेर नेपाली जनताको सम्मान गर्न हिच्किचाउनु हुदैन ।     

राज्य र जनताले व्यग्रतासहित माग गरिरहेको लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान घोषणाको सन्निकट आएर यो एक महिनाको घटनाक्रमहरु दुखद् अध्याय बनेको छ । अधिकार प्राप्तिको लागि गरिएको भनिएको ‘शान्ति पूर्ण आन्दोलन’ दुनियामा कहिँ कतै नभएका अमानवीय हृदयबिदारक, मानवीय समवेदनाविहीन र हिंसात्मक हुदैछ । जनताको अधिकार प्राप्ति, समृद्धि, समावेशिता, समानुपातिक प्रतिनिधित्व र पहिचानको लागि ‘आन्दोलन’ भनिएको छ । तर उल्टै जनता–जनता बीच सामाजिक सद्भाव बिथोलिने र जातीय घृणा फैलाउने क्रियाकलाप आन्दोलन कसरि हुनसक्छ ? संविधान सभाको निर्वाचनबाट यथार्थ धरातलमा पछारिन पुगेका कथित पार्टी र ‘राष्ट्रनेता’ जनताको अधिकार भन्दा पनि आफ्नो आकार प्रकार र हैसियत बारे चिन्तित भएको पछिल्ला क्रियाकलाप र अभिव्यक्तिले स्पष्ट भएको छ । नेपालमा मात्र हैन दुनियामा धेरै देश र भूगोलमा हिमाल, पहाड र तराई छ, मरुभूमि र हिमप्रदेशहरु छन, त्यसै भूगोल अनुसारको हिमाली जाति, पहाडी जाति, तराई र मधेसका जाति, मरुभूमिका जाति, अफ्रिकी र अन्य धेरै भूभागका जंगली एवं पिछडिएका जाति समेत छन् । तर ति सबै देशहरु सबै जनताका साझा फुलबारी र आफ्नो गौरब एवं सार्बभौमसत्ताको थलो हुन । तर हाम्रो देशमा आन्तरिक राष्ट्रघाती दलालहरुको र बाह्य शक्तिको स्वार्थमा जनता–जनता बिचमा गम्भीर बिभाजन ल्याउने दुश्प्रयाश हुदैछ । सिसाको घरमा बस्नेले अर्को घरको सिसाको झ्यालमा ढुंगा हान्ने कार्य महँगो हुनेछ ।

नेपाल राष्ट्र कुनै छिमेकी जस्तो अरु कसैले निर्माण गरिदिएको पनि हैन । गौतम बुद्ध, राजा जनक. बिदुषि सीता, भृकुटी, पशुपतिनाथ, स्वयम्भुनाथ हाम्रा गौरव हुन । कोशी, बागमती, गण्डकी, कर्णाली र सेती महाकाली हाम्रा सस्कृति, सभ्यता र जीवन शृंखला हुन् । नेपाल राष्ट्र किरातहरु, गोपाल बंसी, खस आर्य (ब्राह्मण, क्षेत्री, दशनामी, दलित) नेवार, मंगोल, राई–लिम्बु, गुरुङ–मगर, थारु समुदाय (चौधरी, राना), सन्थाल कोचिला र द्रबिण, मुस्लिम समुदाय, मैथली, भोजपुरी, अबधि यी सबै जाति र भाषा नेपालको गौरब हुन्– पहिचान र शान हुन । यो परम्परा पहिचान गौरब एवं शानकै कारण नेपालमा परापुर्वकालदेखि जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव रहदै आएको छ ।  नेपालमा जाति, धर्म, सम्प्रदाय र भेगीय बिद्वैष हुने क्रियाकलाप कहिल्यै पनि भएनन तर अहिले आएर आदिवासी जनजाति र खसआर्यहरु बीचमा तिक्तता ल्याउने दुष्प्रयाश हुदैछ । मधेशी समुदाय र पहाडी समुदायको बिचमा बैमनुस्यताको बिजारोपणको कुकृत्य हुँदै छ । थारु समुदाय र पहाडी समुदाय बिचको सद्भाव समाप्त पार्ने सड्यन्त्र हुँदैछ । यसको पछाडि जात जाति, जनता कसैको हित रक्षाको आधार छैन । यो सिधै नेपाल राष्ट्र र जनता विरोधी क्रियाकलापको निक्रिस्ट अभ्यास हो ।

राज्यको पुनर्संरचना र प्रान्तीय संरचनाको सिमांकन एवं संख्यालाई आधार बनाएर भइरहेको उपरोक्त क्रियाकलापको जनता र राष्ट्रको हित रक्षासंग कुनै नाता सम्बन्ध छैन । अग्रगामी नयाँ संविधान निर्माण गरेर लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गरिरहेको बेलामा राजनीतिक स्थिरतालाई समाप्त पार्ने कार्य भइरहेको छ ।  नयाँ संविधानबाट जनतालाई सार्वभौमसत्ता  शासनाधिकार सुम्पिरहेको घडीमा जे जे नाम र कामबाट गतिबिधि हुदैछन यी सबै जनताको नाममा राष्ट्रघाती क्रियाकलाप बाहेक केहि पनि हैनन ।  विपरित ध्रुव, मूल्यमान्यता भएका शक्ति र व्यक्तिहरु जसरी यतिबेला एकै मोर्चामा छन् त्यसबाट उनीहरुको दुराशय छर्लंग हुन्छ ।

थारु समुदाय र पहाडी समुदाय बिचको सद्भाव समाप्त पार्ने सड्यन्त्र हुँदैछ । यसको पछाडि जात जाति, जनता कसैको हित रक्षाको आधार छैन । यो सिधै नेपाल राष्ट्र र जनता विरोधी क्रियाकलापको निक्रिस्ट अभ्यास हो ।

आम जनताको भावनालाई गलत दिशा उन्मुख गराएर आपराधिक क्रियाकलाप गर्ने, त्यस्तो कार्यलाई औचित्यपूर्णको पैरवी गर्ने, कब्जा भएका सुरक्षाकर्मी, घाइते र एम्बुलेन्सबाट अस्पताल लाग्दै गरेका अशक्त व्यक्तिलाई निर्ममतापूर्वक हत्या गर्न उकास्ने यो कुन शान्ति पूर्ण आन्दोलन हो ? श्रावन २३ गतेदेखि भदौ २५ गते सम्म आइपुग्दा आन्दोलनकारीको तर्फबाट र सरकारी सुरक्षाकर्मीको तपर्mबाट भएका क्रियाकलाप स्वीकार योग्य छैनन् । तर राज्यको उपस्थिति, जनताको जीउधनको रक्षा गर्ने कार्यलाई सैनिकीकरण भन्दै जनतालाई झन् उत्तेजित पार्न खोज्नेहरुकोे मनसाय ठिक छ भन्न सकिदैन ।

संविधानसभाको ४ जोड २ बर्से कार्यकालदेखि हालसम्म  आएर देवत्वकरण गरिएका केहि नेताहरु बाह्य दवावमा वा मिलोमतोमा अब खुट्टा कमाउदै छन् भन्ने जनताको बुझाई  बनिरहेको छ । देशको सार्बभौमसत्ता र अखण्डता कमजोर हुने एवं जनताको बीचको सद्भाव र एकता खल्बलिने गरि पुनर्संरचनामा जान पनि तयार भएको आभाष हुँदैछ ।