मक्कामा क्रेन भाँच्चिदा १०७ जनाको मृत्यु

मक्कामा क्रेन भाँच्चिदा १०७ जनाको मृत्यु

शुक्रबार भदौ २५ , २०७२

साउदी अरबको मक्कामा क्रेन भाँच्चिदा १०७ जनाको मृत्यु भएको छ। घटनामा २३०  बढी घाइते भएका छन्। श्रद्धालुहरु चढेको ठूलो रातो क्रेन मक्कास्थित मस्जिदमा भाँच्चिएको थिय। शुक्रबारको प्रार्थनाको लागि थुप्रै दर्शनार्थीहरु मस्जिद आइपुगेको बेलामा दुर्घटना भएको थियो । मक्कास्थित यो मस्जिदलाई अघिल्लो वर्षदेखि फराकिलो बनाइदै थियो ।साउदी अरेबियाका सरकारी अधिकारीले ठूलो पानी र हावाका कारण दुर्घटना भएको बताएका छन्। मक्कालाई वार्षिकरुपमा हुने हज तीर्थयात्राको लागि तयार पारिंदै थियो। मक्कालाई मुस्लिम धर्मालम्बीले पवित्र सहर मान्दछन्।